जनकपुरधाम,२२ भदौ  । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट अध्यक्षमा लव अधिकारी सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधाममा बिहीबार राति सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा ६३ सदस्यीय नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह साथै कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत भए ।

यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टु कुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास,महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव चयन भएको निर्वाचन आयोगका प्रमुख बलराम बेलबासेले बताए ।

376406726_1046113176760786_291921437167395404_n (2)