काठमाडौं,२३ भदौ  । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले‘माओवादी र कांग्रेसको चरित्र एउटै भएको बताउनु भएको छ ।  त्यसैले उनीहरू मिलेका बस्नेतको भनाइ छ ।  शुक्रबार चरिकोटमा सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल दोलखाको नवौँ जिल्ला अधिवेशनको  उद्घाटन गर्दै यस्तो कुरा बताउनु भएको हो । 

नेकपा एमालेले ग्रास रुटबाट पार्टी भित्र देखिएको समस्या पहिचान गरेको बताउनुभयो । पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई एमालेले व्यवस्थित गर्ने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमालेलाई व्यापक विस्तार गर्ने अभियान जारी रहेको उहाँले बताउनुभयो । पार्टीलाई व्यवस्थित गर्न सदस्यता सुद्धिकरण अभियान चलाइएको उहाँले प्रष्ट पार्नुभयो । लोसे पाराले पार्टी नचल्ने बताउँदै भुत्ते भएका एमालेका जनसंगठनलाई धार लगाउने काम पार्टीले गरिरहेको उहाँले बताउनुभयो । भ्रष्टाचारी, तस्करी र दलालहरू एमालेको शत्रु भएका बस्नेतले बताउनुभयो । यस्ता शक्ति ठाउँमा भएका बताउँदै ती सबैका विरुद्ध एमाले लड्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

376691013_872705690885654_8302145111512379278_nएमालेलाई फसाउने उद्देश्यले विभिन्न भ्रष्टाचारका फाइल खोलिएका भए पनि पनि ती सबै फाइल माओवादी र माधव नेपाल तर्फ पुगेर अड्किएका बस्नेतले बताउनुभयो । माओवादी नेताहरू तस्कर र भ्रष्टाचारीका अखडा भएका उहाँले दाबी गर्नुभयो । ‘नेकपा एमालेमा एक जना पनि भ्रष्टाचारी छैनन्, एक जना पनि तस्कर छैनन्’, उहाँले भन्नुभयो ।   

एमाले भित्र अनेक खालका भ्रम फैलाउने प्रयास गरिएका भए पनि त्यसलाई पुष्टि गर्न नसकेका उहाँले बताउनुभयो । उहाँले हुती भए एमाले संलग्न भएको भनिएको घटनाको छानबिन गर्न उहाँले चुनौती दिनुभयो । 

 अधिवेशनमा संगठनका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, सचिव जय गुरुङ, पार्टी प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल, भरत केसी, जिल्ला संयोजक नरबहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहको थियो । 

अधिवेशनले सरोज बस्नेतको अध्यक्षतामा ६३ सदस्सीय सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सुजन श्रेष्ठ र सचिवमा सुरज खड्का चुनिनु भएको छ । त्यस्तै सहसचिवमा मिलन खड्का र हरिवंश बुढाथोकी तथा कोषाध्यक्षमा अप्सरा जिरेल निर्वाचित हुनुभएको छ ।