- जोसेफ उराव
बेलबारी,२३ भदौ । नेकपा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मोरङ जिल्लाको सम्मेलन आयोजक कमिटी गठन गरेको छ। महासंघको शनिबार बेलबारी पार्टी कार्यालयमा बसेको वैठकले जीवन पौडेलको संयोजकमा २९ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो । आयोजक कमिटीको सहसंयोजकमा युवराज ठकुरी र सचिवमा नवराज भट्टराई लगायत सदस्यहरु रहेका छन् ।
सम्मेलन यही असोज २० गते बेलबारीमा गरिने निर्णय गरिएको राष्ट्रिय जनसांस्कृतिक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष जेवी थुलुङले जानकारी दिए। बिहान ११ बजेदेखि बेलबारी पार्टी कार्यालयमा नृत्य,गायन,प्रहसन र साहित्यिक प्रस्तुतिसहित भव्य रुपमा जिल्ला सम्मेलन संम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष थुलुङले बताए।
महासंघ मोरङका उपाध्यक्ष जीवन पौडेलको अध्यक्षतामा बसेको वैठकमा महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष जेवी थुलुङ,नेकपा एमाले मोरङका जनसंगठन संयन्त्र प्रमुख रविन थापा,पार्टी जिल्ला कमिटी सदस्यहरु रेखा सुवेदी,गणेश लामा पार्टी जिल्ला कमिटी सदस्य तथा बेलबारी नगर कमिटी अध्यक्ष ईरान राई नेता शंकर गुरुङ बरिष्ठ जनगायकहरु गोपाल नेपाल,संजिव धिमाल,शम्भु मगर लगायतको आतिथ्यता रहेको थियो ।




















