काठमाडौं,२३ भदौ । गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यको दुई जनाउम्मेदवार सहित सिराहा जिल्लाका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कॉंग्रेसबाट प्रदेश सभाका उम्मेदवारहरु महेश अधिकारी,योगेश कुमार सिंह एमालेमा प्रवेश गरेका हुन् ।
त्यसैगरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्र यादव,नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु रामएकवाल यादव,विनोद महतो र माओवादी केन्द्रका नेता रिकेश प्रसाद साह रहेका छन ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।




















