सुनसरी,२४ भदौ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । गुरुङ यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक थिए ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी,सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो चयन भएका छन् ।
अधिवेशनले कोषाध्यक्षमा दीपेन्द्र तामाङलाई निर्वाचित गरेको नव निर्वाचित अध्यक्ष जयप्रकाश रायमाझीले बताए । अधिवेशनले साइबर सर्कल प्रमुखमा सागर पोखरेललाई जिम्मेवारी दिएको छ ।
यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् ।
धरानमा सम्पन्न अधिवेशन पहिचानवादीहरूले अवरोध गर्न खोजे पनि नयाँ नेतृत्व चयन गर्दै युवा संघ नेपाल कोशी प्रदेशको अधिवेशन सम्पन्न भएको
पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुभाष नेम्बाङ्ले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेतलगायतले अधिवेशनको शुभकामना मन्तव्य दिए ।




















