• भगवती अर्याल 

विराटचोक,२४ भदौ ।सुनसरीको बराहक्षेत्र नगर पालिकामा नेकपा एमालेको भ्रातृ संगठन अनेमसंघको दोश्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको नगर सम्मेलनबाट मिना राईको अध्यक्षतामा २२ सदस्यीय  नगर कमिटी चयन गरिएको छ  । त्यसैगरी कमिटीको उपाध्यक्ष कौसिला वनेम,सचिव चुनु श्रेष्ठ,कोषाध्यक्षमा राधा चौधरी रहेका छन् ।

सदस्यहरुमा सारदा पौडेल,इन्दिरा निरौला,  रेणुकुमारी तिम्सिना,कमला तामाङ,अम्बिका कार्की,गोमा नेपाल,सुभद्रा खतिवडा,शान्ती नेपाली,कल्पना भुजेल,मन्जु राई,कमला गहतराज,लक्ष्मी बोगटी,शोभा कोइराला,संगिता तामाङ,रुकमिणी सुनुवार,यमुना सुवेदी लगायत रहेका छन् । 

375764260_1417063705525943_1603419152953656128_nनव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेमसंघ सुनसरी जिल्ला कमिटी अध्यक्ष बिना खनालले पद तथा गोपनियताको सपथ खुवाउनु भएको नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सचिव राजेन्द्र कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जगदिश कुसैयतको  प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा बराहक्षेत्र नगर इन्चार्ज मन्जु भण्डारी,पार्टी नगर कमिटी कार्यवाहक अध्यक्ष सिता भण्डारी पौडेल,सचिव राजेन्द्र कार्की अनेमसंघ सुनसरीकी अध्यक्ष बिना खनाल,सचिव इन्द्रकला राई लगायतको आतिथ्यता रहेको थियो ।

अनेमसंघ नगर अध्यक्ष यसोदा खडकाको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनको उदघाटन सत्रमा सचिव मनी देवी राईले कार्यक्रम संचालन गर्नु भएको थियो । 

May be an image of 6 people and wedding