जितपुरसिमरा,२४ भदौ । नेकपा एसका केन्द्रीय परिषद सदस्य ईश्वर ढकाल सहित दर्जनौ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार नेकपा एमाले जितपुरसिमरा नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँहरु एमालेमा प्रवेश गर्नु भएको हो ।

आजै राप्रपाका पूर्व जिल्ला सचिव विरेन्द्र यादव समेत एमालेमा प्रवेश गर्नु भएको छ । घर फर्किने हरुमा पुराना एमाले नेता रामविहारी राय र छन्नु चौधरीहुनुहुन्छ ।
त्यसैगरी नेकपा एस बाराका जिल्ला सदस्यहरु फुलेना यादव,राजेश वछार, जितपुरसिमरा नगर कमिटी सदस्यहरु रबिन्द्र दास,कन्हाइलाल थारु,अनेरास्ववियू जिल्ला सह सचिव अस्मिता रेग्मि,ज्ञानु ढकाल सहित सिङो जितपुरासिमरा १२ नम्बर वडा कमिटी र ११ नंम्वर वडाका कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएको एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले जानकारी दिनु भयो ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय योगेश भट्टराई पार्टीमा स्वागत गर्नु भएको थियो ।

जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोला अधिकारिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्युत मैनालि,केन्द्रीय सदस्यहरु मन्जु थापा,अरबिन्द सिह,सरस्वती चौधरी,प्रदेश कमिटी सदस्यहरु देबनारयाण चौधरी,सुन्दर बिक,मनोज पौडेल,किशोर शर्मा,ढुन्डिराज उप्रेती,सीता गुरुङ,दिनेश ठाकुर,चयन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।




















