- भगवती अर्याल
विराटचोक,२५ भदौ । मोरङको सुन्दरहरैँचा १२ स्थित खाेर्सानेमा हुने तेस्रो रमाइलो मिनि मेला आजदेखि सुरु हुने भएको छ । सुन्दर खाेर्साने युवा क्लबकाे आयाेजनामा हुने मेलाको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंले उदघाटन गर्नुहुने भएको छ ।
दिउसो ३ बजेको समयमा उदघाटन गरिने मेला व्यवस्थापन समिति संयाेजक आनन्द वस्नेतले जानकारी दिनु भयो । उदघाटनमा स्थानीय जनप्रतिनिधि, राजनितिकदलका प्रतिनिधि र स्थानीय संघ सस्थाका प्रतिनिधिहरु लागायतको उपस्थिति रहने संयाेजक वस्नेतले बताउनु भयो ।
सयपत्री इन्टरटेन्मेन्टको व्यवस्थापनमा यहि भदौ २५ गते देखि असाेज १३ गते सम्म मेला चल्ने छ । मेलामा साँस्कृतिक एवम् मनाेरञ्नात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर नगर भित्रका उत्कृष्ट पर्यटन स्थलकाे प्रवद्वन गरि कला, संस्कृति र मनाेरञ्जनका माध्यमबाट आम मानिसलाई एकताकाे शुत्रमा बाँध्ने मुख्य उदेश्य रहेको महाेत्सव आयाेजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले बताउनु भयो ।
उहाँले मेलामा ३१ लाख १५ हजार खर्च हुने साथै आम्दानी भएको रकमले समाजिक रूपमा कार्य गर्दै आएकाे क्लबकाे हितमा खर्च गरिने जानकारी दिनु भयो । मेलामा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुति राख्ने र कलाकार मेलिना राई , प्रमाेद खरेल,रचना रिमाल , ज्याेती मगर, प्रिती आले , अशाेक दर्जी तथा विल्सन बिक्रम राई ( तक्मे बुढाे) लगायतकाे प्रस्तुति रहने छ । मेलामा राेटेपिङ्ग , नाउ करेस , फिरफिरे रेस ,ड्रागन रेस तथा बालबालिकाकाे लागि खेल समाग्री समावेस गरेको छ । मेलामा भेज हाेटल तथा नन भेज हाेटल समावेश हुने साथै मेला बेलुकी ५ बजे देखि रातीको ९ बजेसम्म सञ्चालन हुने आयोजक क्लबका सचिव मिलन तामाङले बताउनु भयो ।




















