बारा,२५ भदौ । नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेसमा एकीकृत समाजवादीको बोर्डपनि भेट्न मुस्किल पर्ने बताउनु भएको छ । आइतबार पार्टीको जितपुरसिमरा उपमहानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले आउने ०८४ सालको निर्वाचनमा मधेश प्रदेशमा दुई तिहाइ भन्दा बढी सिट जित्ने दाबी गर्नु भयो । उहाँले नेकपा एमाले जनतामाझ  लोकप्रिय बन्दै गएको कारण धेरैले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको कुरा बताउनु भयो।

कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद सदस्य इश्वर ढकाल सहित दर्जनौ नेता कार्यकर्तालाई नेता भट्टराईले पार्टिमा स्वागत गर्नुभएको थियो । 

377583257_6411124068937520_3735848193048923758_n (1)त्यसैगरी बारामा  एकीकृत समाजवादीका जिल्ला सदस्य फुलेना यादब राजेश बछार,जिल्ला सल्लाहकार रामबिहारी चौधरी,छन्नु चौधरि,जितपुरसिमरा नगर सदस्यहरु रबिन्द्र दास,कन्हाइलाल थारु,अनेरास्ववियू  जिल्ला सहसचिव अस्मिता रेग्मि,ज्ञानु ढकाल सहित सिंगो जितपुरासिमरा १२ नम्बर वडा कमिटी एमालेमा समाहित भएको थियो । 

जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोला अधिकारिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्युत मैनालि,केन्द्रीय सदस्यहरु मन्जु थापा,अरबिन्द सिह,सरस्वती चौधरी,प्रदेश कमिटी सदस्यहरु देबनारयाण चौधरी,सुन्दर बिक,मनोज पौडेल,किशोर शर्मा,ढुन्डिराज उप्रेती,सीता गुरुङ,दिनेश ठाकुर,चयन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Untitled 28