इटहरी,२५ भदौ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष अरुण गुरुङ र उपाध्यक्ष जयप्रकाश रायामाझीले संयुक्त रुपमा धन्यवाद दिएका छन् ।
उनीहरुले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रिय युवा संघ कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सफल बनाउन अहोरात्र खटेको भन्दै युवाहरुलाई धन्यवाद दिएका हुन् ।
भदौ २३-२४ गते धरानमा भएको अधिवेशनलाई आङ्काजी शेर्पा लगायतका केही पहिचानवादीको नाम बोकेर अधिवेशन हुन नदिन धेरै प्रयासहरु गर्दागर्दै पनि अधिवेशन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिवस राईको प्रशंसा गरेका छन् ।
सामाजिक संजाल मार्फत स्वयंसेवक परिचालन प्रमुख राजन बानियाँ,लगायत स्वयंसेवकको भुमिका निर्वाह गरेका युवा संघमा आबद्ध सम्पुर्ण युवाहरुलाई सिङ्गो प्रदेश कमिटी कै तर्फबाट धन्यवाद दिएका छन् ।
सुनसरी र मोरङ जिल्ला कमिटीद्वारा अधिवेशन सफल पार्न अहोरात्र खटिएका युवाहरुलाई प्रदेश कमिटीले सदैव ससम्मान व्यक्त गरेको बताएका छन् ।
कोशी प्रदेशको १४ वटा जिल्ला र १३७ वटा पालिकाबाट आ-आफ्नो तह र तप्काबाट अधिवेशन सफल पार्न गरेको महत्त्वपूर्ण भुमिकालाई राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी धन्यवाद व्यक्त गरेको कुरा फेसबुकमा उल्लेख गरेका छन् ।
विषेशगरी धरानमा भएको अधिवेशनमा नेकपा एमाले धरान नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल धरान नगर कमिटी लगायत सम्पुर्णमा अधिवेशन सफल पार्न प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने धरानवासीहरुप्रती सदैव युवासंघले सम्मान प्रकट गरेको कुरा व्याक्त गरेका छन । पद सिमित हुन्छ आकाङ्क्षा धेरैको हुनु स्वाभाविक हो तर आज पदमा रहि रहदा आकाङ्क्षी कमरेडहरुको भावनालाई कहिल्यै पनि अलिकति पनि पक्षपात भएको महसुस हुन दिन छैन भन्दै प्रतिबद्दता पनि व्याक्त छन।
कोशी प्रदेशले कमिटीले अब आउने दिनमा युवाहरूको भरोसालाई कहिल्यै पनि बिचल्ली हुन दिने छैन । युवाहरूको हकहितको लागी बुलन्द आवाज निकालेर युवाहरूलाई आर्थिक,सामाजिक,राजनितिकरुपमा स्थापित गराउने छ । युवाहरूलाई आआफ्नो दक्षता र क्षमता अनुसार युवाहरूको प्रतिभालाई उजागर गर्न राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी प्रतिबद्धता जाहेर गरेको कुरा लेखेका छन ।
अधिवेशनले इटहरीका अरुण गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको थियो । कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी,सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत,सहसचिवमा शरण फागो,कोषाध्यक्षमा दीपेन्द्र तामाङलाई निर्वाचित गरेको थियो।
पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुभाष नेम्बाङ्ले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेतलगायतको आतिथ्यता रहेको थियो




















