काठमाडौं,२६ भदौ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुख व्यक्त गर्दै सामाजिक संजालमा मार्मिक स्टाटस लेख्नु भएको छ । फेसबुकमा लेख्नुभएको छ 'मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो'।
लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। उहाँले लेख्नु भएको छ -उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
श्रद्धाञ्जली सुवासजी !'



