काठमाडौं,२६ भदौ । प्रसिद्ध नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरको अन्त्येष्टि पर्सी मात्र गरिने भएको छ । भोलि अपरान्ह नेम्वाङको शव निजी निवास बालुवाटार लगिने भएको छ । धार्मिक परम्परा अनुसारको विधि विधान गरेपछि पर्सी पशुपतिनाथ लगेर उहाँको अन्त्येष्टि गरिने भएको छ । 

नेम्वाङको शव अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उहाँलाई श्रद्धान्जली दिन पार्टीका नेता कार्यकर्ताहरुका साथै हजारौं सर्वसाधारण अहिले केन्द्रीय कार्यालय पुगेका छन् ।

पर्सी ११ बजे निवासबाट उहाँकाे पार्थिव शरीर पशुपति लगिने परिवार निकट स्राेतले जनाएकाे छ ।