काठमाडौं,२६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

मंगलबार दिउँसाे एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयाे । उपाध्यक्ष नेम्वाङलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत पनि पुग्नुभएकाे थियाे ।

नेम्वाङलाई श्रद्धाञ्जली दिन कानुनमन्त्री धनराज गुरुङ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत शीर्ष नेताहरू पनि च्यासल पुग्नुभएकाे छ ।