काठमाडौं,२६ भदौ ।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्व.सुवासचन्द्र नेम्वाङसँग आजै (मंगलबार) भेट्ने कुरा भएको पनि सम्भव नभएको गुनासो प्रकट गर्नु भएको छ ।
हृदयघाटबाट निधन भएका संविधानसभा अध्यक्ष तथा पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङसँग आज भेट्ने कुरा भएपनि उनको पार्थिव शरीरमा बिदाइ गर्न विवश भएको बताउनु भएको हो ।
धरानको कार्यक्रमबाट फर्किएपछि नेम्वाङसँग फोनमा कुरा भएको र आज भेट्ने योजना रहेको ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ , ‘मंगलबार बिहान भेट्ने कुरा भएको थियो। तर, आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ।’



