काठमाडौं,२७ भदौ । नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो घर लगिने भएको छ ।
हिजो मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज दिउँसो १ बजे पछि घरमा लगिने भएको हो ।
आज बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।


