काठमाडौं,२७ भदौ । सुप्रसिद्ध नेता सुवासचन्द्र नेम्वाङ निधन हुनु अघि वाथरुममा लड्नुभएको थिएन । केही सञ्चार माध्यमले उहाँ वाथरुममा लड्नुभएको समाचार दिएका थिए ।
नेता नेम्वाङका एक पारिवारिक सदस्यले बताए अनुसार बाथरुम गएर फर्कंदा उहाँ लर्बराउनुभएको थियो, लड्नुभएको थिएन ।
वाथरुमबाट फर्कंदा असहज भएको देखेपछि उहाँकी धर्मपत्नीले समातेर ओछ्यानमा सुताउनुभएको थियो । त्यसबेला घरमा सवारी चालक नभएको ती पारिवारिक सदस्यले जानकारी गराए ।
सवारी चालकलाई बोलाएपछि नेता नेम्वाङलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
अस्पतालमा डाक्टरहरुले नेम्वाङको देहान्त भएको घोषणा गरेका थिए । नेता नेम्वाङको दाहासंस्कार बिहिबार काठमाडौंमा गरिँदैछ ।
नेता नेम्वाङलाई सामाजिक सञ्जालमा सर्वसाधारणले जनताको मनका राष्टपति र राष्टपिता जस्ता उपाधी दिइरहेका छन् ।यो समाचार सनराइज खबरमा छ


