काठमाडौं,२७ भदौ  । नेकपा एमालेका उपाधयक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि काठमाडौं आइपुग्नु  भएको छ।

बेलायत (युके) मा सपरिवार रहेका उहाँ बुबाको निधनपछि आज (बुधबार) काठमाडौं आइपुग्नु भएको हो । अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ नेम्वाङ पनि काठमाडौं आइपुगिसक्नु भएको छ । दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिनु भएको  छ। नेम्वाङका दुई छोरी भने घरमै रहेका छन् ।

mik-2आज दिउँसो नेम्वाङको शव पार्टी कार्यालय च्यासलबाट घर लगिने भएको छ । नेम्वाङको भोलि (बिहीबार) नेम्वाङको अन्त्येष्टि गरिने छ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार राति १ बजे विरामी परेका नेम्वाङलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको निधन हृदयाघातबाट भएको हो ।

तस्बिरहरु :

subash-nembang-1miksubash-nembang-3subash-nembang-4subash-nembang-1374172621_688559246637413_6696195112043013556_n