विराटचोक,२९ भदौ । नेकपा एमालेको जनसंगठन लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कानेपाेखरी गाउँ पालिका कमिटीको दोस्रो पालिका माेरङ काे दाेसाे् अधिवेशन सम्पन्न भएकाेछ।
शुक्रबार भएको अधिवेशनले भगिराज लिम्बूको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ। त्यसैगरी कमिटीको उपाध्यक्षमा सुरज तामाङ,शुसिला धिमाल सचिवमा नरबहादुर लिम्बू सहसचिवहरुमा आनन्द धिमाल,गोपाल धिमाल र सदस्यहरु चयन भएका छन् ।
चिरञ्जीवी तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगकी केन्द्रीय सदस्य तथा कानेपाेखरी गाउँ पालिकाकी अध्यक्ष राजमती ईङनामको प्रमुख आतिथ्यता रहेको थियो भने लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष प्रभाग खवासको बिशिष्ठ आतिथ्यता रहेको थियो । पार्टी जिल्ला सदस्य सत्यनारायण राजवंशी,गजेन्द्रराज लिम्बू लगायतको आतिथ्यता रहेको थियो ।




















