• समिक्षा कार्की 

विराटचोक,२९ भदौ ।मोरङको सुकुना बहुमुखी क्याम्पसमा तीज विषेश कार्यक्रम संम्पन्न भएको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका नजिकिए संगै अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा तीज विषेश कार्यक्रम संम्पन्न भएको  हो । 

क्याम्पस कमिटीका अध्यक्ष योगेश दाहालको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय सचिव आरती भट्टराईको प्रमुख आतिथ्यता रहेको रहेको थियो । 

सांगेतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुले विद्यार्थीहरु सँगै तीजका गीतहरुमा नाचेर रमाईलो गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सामुहिक दर खुवाउने कार्यक्रम गरिएको अनेरास्ववियुका नेता इराजन निरौलाले बताउनु भयो । 

अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पसमा पहिलो पटक गरेको  तीज विषेश कार्यक्रममा पाँच सयभन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको अनेरास्ववियु सुकुनाका  नेता नवराज दाहालले जानाकारी दिनुभयो। 

379301338_273047388877814_4860626100904576092_n (2)कार्यक्रममा नेकपा एमालेका केन्द्रीय विभाग सदस्य तथा सुकुना बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति बद्री अर्याल,पार्टी मोरङका सदस्य तथा सुन्दरहरैंचा नगरपालिका प्रवक्ता रोशनप्रसाद ढकाल अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोगका सचिव मिलन घिमिरे,अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरे,सचिव बीरेन्द्र घिमिरे सहसचिवहरु सङ्गम कन्दंग्वा,नविन पहाडी,अनिशा गिरी,भूमि अधिकार तथा श्रमिक संगठन कोशीका अध्यक्ष आनन्द बस्नेत स्ववियु सचिव एलिश ओझा,क्याम्पस कमिटीका पुर्व अध्यक्ष मनोज कार्की लागायतको आतिथ्यता रहेको थियो ।

 उक्त कार्यक्रममा  क्याम्पस कमिटीकी कोषाध्यक्ष सुप्रिया सिरालले स्वागत मन्तव्य गर्नुभएको थियो भने सचिव रेगन श्रेष्ठले कार्यक्रम सन्चालन गर्नुभएको थियो। 

  • फोटो फिचर 379725791_962027468237990_4873146417889566857_n377451756_273049748877578_7779166089291055264_n378578889_962027358238001_6273344582507288529_n379324965_962034138237323_2193406777094189658_n379436900_962027418237995_6884147338983786594_n379459568_962063831567687_2611924056787388745_n379453023_962027498237987_7288920314996605514_n379296002_962034078237329_1194589805419674758_n379066286_962034008237336_5135618020441539397_n379413560_962027504904653_906418991062322229_n379020467_962033844904019_593339509253211381_n379493031_962027524904651_4585674903852904902_n378813358_962027448237992_6134630231581628558_n