विराटचोक,१ असोज । नेकपा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशन यहि असोज १२ र १३ विराटनगरमा हुदैँछ । अधिवेशनका लागि प्रदेशभरी नै असोज ५ गते एकैदिन प्रतिनिधि छनौट हुनुपर्ने व्यवस्था छ ।
यसैक्रममा मोरङको सुन्दरैंचा नगरपालिकामा भने प्रतिनिधि छनौटका लागि आकाक्षी धेरै भएपछि निर्वाचन हुने संकेत देखिएको छ । प्रतिनिधिमा आकाक्षी धेरै भएपछि निर्वाचनको लागि आज उम्मेदवार मनोनयन दर्ता गर्ने काम भएको छ ।
सुन्दरहरैंचाको पार्टी सदस्य संख्याको आधारमा जम्मा २३ जना प्रतिनिधि छानिनु पर्नेमा ४० जना आकाक्षी भएपछि निर्वाचन नै हुन् सक्ने एमालेका निर्वाचन समिति सदस्य अरुण सुवेदीले जानकारी दिए ।
सुन्दरहरैंचामा कुल पार्टी सदस्य संख्या २६ सय २८ रहेकोमा खुल्ला तर्फबाट १३ जना छनौट हुनुपर्नेमा २३ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । महिला तर्फबाट ६ जना छनौट हुनुपर्नेमा ११ जनाले उम्मेदवार दर्ता गरेका छन् । युवा महिला तर्फबाट १ जनाको कोटामा ३ जना र खुल्ला युवा तर्फबाट १ जनाको कोटामा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता गरेका मध्येबाट पनि सर्वसहमत ढंगले प्रतिनिधि छनौटका लागि पहल भइरहेको एमालेका एक नेताले बताए।























