काठमाडाैं,१ असोज। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका महासचिव शंकर पाेखरेलबीच भेटवार्ता भएकाे छ ।
पूर्व राष्ट्रपति भण्डारी र एमाले महासचिव पाेखरेलबीच साेमबार भेटवार्ता भएकाे हाे । चीन भ्रमण पश्चात पूर्व राष्ट्रपति भण्डारीसँग छलफल भएकाे एमाले महासचिव पाेखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ ।
उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएकाे बताइएकाे छ ।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चलिरहेका बेला उहाँहरुबीच भएकाे भेटवार्तालाई अर्थपूर्ण मानिएकाे छ । पूर्व राष्ट्रपति भण्डारी एमालेका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।




















