काठमाडौं,२ असोज  । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज देशैभर 'सुवास र संविधान' विषयक प्रवचन कार्यक्रम आयोजना हुँदैछ ।

कार्यक्रम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा मंगलबार मध्याह्न साढे १२ बजेदेखि सुरु हुने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्तीसहित सहभागी हुने तय भएको छ ।

यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि उपस्थित हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयाे ।