काठमाडौँ,३ असोज। नेकपा एमालेका प्रमुख सचेतक समेत महेश बर्तौलाले आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्नुपर्ने बताउनु भएको छ।
सांसद बर्तौलाले शिक्षकहरुले अघि सारेका जायज माग पुरा हुनुपर्ने बताउनु भएको हो।
‘संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वशनियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ’, बुधबार विज्ञप्ति जारी गर्दै उहाँ भन्नुभयो, ‘एउटा सांसद हुँदाको नाताले बिधयेक भित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भूमिका निर्वाह गर्ने विषय छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई विधेककको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागि सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’
सचेतक बर्तौलाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारप्रति पनि आन्दोलनरत नेपाल शिक्षक महासंघले ध्यान पुर्याउनुपर्नेमा जोड दिनु भयो ।


