विराटचोक,३ असोज ।नेकपा एमाले कोशी प्रदेश कमिटीको असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनका लागि सुन्दरहरैंचा नगपालिकाबाट आज सर्वसम्मत रुपमा प्रतिनिधि छनौट सम्पन्न भएको छ ।

नगरमा रहेका १२ वटै वडाबाट आकांक्षी धेरै भएपनि २१ जना सर्वसम्मत प्रतिनिधि चयन भएको हो ।छनोट गरिएको प्रतिनिधिहरुको नाम पार्टीको निर्वाचन आयोगले औपचारीकरुपमा  घोषणा भने गरिसकेको  छैन । 

अधिवेशनका लागि प्रतिनिधि हुन् इच्छुकहरुबीच छलफल गरी सर्वसम्मतरुपमा छनोट गरिएको एमाले सुन्दरहरैंचा नगर कमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालले जानकारी दिए ।खुल्ला  तर्फबाट २३ जनाले पार्टीको निर्वाचन आयोगमा  उम्मेदवार मनोनयन दर्ता गरेकोमा १३ जना सर्वसहमहत छनौट गरिएको छ ।

छनौट गरिएको प्रतिनिधिमा पीतकुमार श्रेष्ठ,बासु थापा,अर्जुनराज अधिकारी,राजकुमार ओझा,ज्ञानेन्द्र ओझा,सुरेन्द्रबहादुर थापा,उमेश उप्रेती,अजम्बर राई,नागेश पोखरेल,लक्ष्मी फुयाल,चन्द्र न्यौपाने,इशान राई,केदारप्रसाद गुरागाईं रहेका छन्।

त्यसैगरी महिला कोटा तर्फबाट ११ जनाले मनोनयन दर्ता गरेकोमा ६ जना लाई सर्वसम्मत गरिएको छ । जसमा धनादेवी  तामाङ,अन्जु सिग्देल,टिकादेवी भट्टराई,बालिका पौडेल,दुर्गादेवी भट्टराई र विष्णु भट्टराई रहेका छन्। 

युवाहरुबाट ३ जनाले उम्मेदवार मनोनयन दर्ता गरेकोमा १ जना छनौट गरिएको छ जसमा भोजबहादुर राई (उमेश) रहेका छन् । त्यसैगरी युवा महिलाको तर्फबाट ३ जनाले उम्मेदवार मनोनयन दर्ता गरेकोमा १ जनालाई  छनौट गरिएको छ जसमा गोमा कट्वाल देउजा रहेका छन् । 

पार्टीको प्रदेश कमिटीको निर्णय अनुसार प्रदेशका सबै पालिका असोज ५ गते  प्रतिनिधि छनौट गर्नु पर्ने भएपनि सुन्दरहरैंचामा दुईदिन अघिनै सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको निर्वाचन आयोगका सदस्य गोपाल पौडेलले जानकारी दिए । सुन्दरहरैंचामा कुल पार्टी सदस्य संख्या २६ सय २८ जना रहेका छन् ।  छनोट भएका प्रतिनिधिहरुको नाम असोज ५ गते घोषणा गरी प्रमाण पत्र वितरण गरिने निर्वाचन आयोगका प्रमुख हेमराज सुवेदीले जानकारी दिए ।

एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित गरेर प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश कमिटीका  उपसचिव शैलेश लामाले जानकारी दिए ।अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित भइसकेको उपसचिव लामाले बताए ।

यो पनि - झापा बिद्रोह आन्दोलनका अगुवा थापाको एमाले कोशी प्रदेशको सदस्यहुने इच्छा