काठमाडौं,४ असोज । नवौँ संविधान दिवसको अवसरमा राष्ट्रपति राचन्द्र पौडेलले बुधबार साँझ राष्ट्रपति राचन्द्र पौडेलले रात्रिभोज गरे । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित रात्रिभोजमा कार्यक्रममा कयौँ भीआइपीहरु पुगे ।

उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल लगायत सहभागी थिए।

 त्यस्तै, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,पूर्वसभामुख अग्निप्रसाद सापकोटा, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, सहरी विकासमन्त्री सीता गुरुङ पनि कार्यक्रममा थिए। त्यस्तै नेपालस्थित कूटनीतिक निकायका कयौँ प्रमुख र प्रतिनिधि पनि सहभागी भए। 

 तर उक्त  कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेंन) सहभागी भएनन्।  राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष ओली र मेयर शाह दुवैलाई रात्रिभोजको निम्तो थियो। 

ओली एमालेले नक्सालको नारायणचौरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सहभागी भए। त्यहीकारण उनी शीतल निवासको कार्यक्रममा सहभागी नभएको एमालेका एक नेताले जानकारी दिएका छन्। ओली बुधबार बिहान नारायणचौरमै भएको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रममा पनि सहभागी थिए।  

यसअघि राष्ट्रपति पौडेलले डाकेको सर्वदलीय बैठकमा  पनि एमाले अध्यक्ष ओली गएका थिएनन्। उता बालेन संघीय सरकार र त्यसका अंगबाट हुने कार्यक्रमको बेवास्ता गर्दै आएका छन्।

राष्ट्रपति पौडेलले उक्त कार्यक्रममा शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे। राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गरे।

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको जिकिर गरे।