विराटचाेक,४ असोज । नेकपा (एमाले) को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,नेपालको प्रथम कोशी प्रदेश अधिवेशन स्थगित भएको छ ।
असोज १० गते मोरङको सुन्दरहरैचामा आयोजना गर्ने भनिएको अधिवेशन स्थगित भएको हो ।
अधिवेशनको तयारी तीब्र रूपमा अगाडि बढिरहेको अवस्थामा विशेष परिस्थितिवश हाललाई यो अधिवेशन स्थगित गरिएको प्रथम कोशी प्रदेश अधिवेशन आयोजक कमिटीका संयोजक देवराज राईले जानकारी दिए ।
असोज १२ र १३ गते विराटनगरमा आयोजना हुने पार्टीको प्रथम कोशी प्रदेश अधिवेशन सम्पन्न भएपश्चात् असोज मसान्तभित्र उपउक्त समयमा अधिवेशन आयोजना गरिने महासंघको केन्द्रीय उपमहासचिव समेत रहेका राईले बाताए ।
संयोजक राईले विज्ञप्ती समेत निकाल्दै अधिवेशन स्थगित गरिएकोमा यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी भएको जानकारी गराएका छन् ।
उक्त अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आउने पनि तय भै सकेको थियो महासंघ मोरङका अध्यक्ष प्रभाग कुमार खवासले जानकारी दिए ।




















