काठमाडाैं,४ असोज।नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश सदस्य कृष्ण खनालसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा बुधबार आयाेजित कार्यक्रममा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीबाट प्रदेश सदस्य खनालसहित जिल्ला सदस्य मोटाई चाैधरी तथा हरी जमरकट्टेल, मनोज राम, रोशन सुवेदी एमाले प्रवेश गरेका छन ।
माओवादीबाट सिमरा उपमहानगरपालिका उपाध्यक्ष कथामुदिन मेन्जुरी, प्रदेश युवा अध्यक्ष बाबु बाबुद्धिन मन्जुरी, मोतिलाल पासवान,अमीरमिया मन्जुरी र असलम हुसेन एमाले प्रवेश गरेका छन ।




















