दोलखा,६ असोज। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको  दोलखाको २१औँ  जिल्ला अधिवेशनले रामचन्द्र केसीको अध्यक्षमा  ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । 

कमिटीको उपाध्यक्षमा  सुवोध पोख्रेल,विजय मोक्तान,विपिन्द्र खतिवडा,सचिवमा सुदिप पोख्रेल,सह-सचिवमा विष्णुराज गुरुङ,सुदिप जिरेलप्रमिला दाहाल,कोषाध्यक्ष,उमेश रोकाय र कार्यलय सचिव शंकर पाठक रहेका छन् ।

शुक्रवार भएको अधिवेशनले सर्वसम्मत कमिटी चयन गरिएको नवगठित कमिटीका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिए ।

 नवगठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।