काठमाडौं,६ असोज । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द गिरी र सानुमाया मगर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
शनिबार नेकपा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेर उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । उहाँहरूलाई एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
नेकपा एमालेले कम्युनिष्ट पार्टीको नेतृत्व गर्न नसक्ने भन्दै उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने मूल पार्टी अब नेकपा एमाले नै भएको उहाँहरूले बताउनुभयो ।




















