- सुनिल कुमार साह
हिजोको दुहवी सोनापुर सडक खण्डमा भएको बस दुर्घटनालाई म स्वयं त्यस बसमा यात्रा गरिरहेको हुदा त्यस बस दुर्घटनालाई म दुर्घटना मान्दिन । हिजोको घटना "सडक अपराध" हो । जानाजान वसमा सवार यात्रुको ज्यान जोखिममा पार्ने सवारी चालकको लहडपनाले सो दुर्घटना निम्ताएको थियो ।
बसमा जम्मा हामी पाँच यात्रु थियौ जसमध्ये ३ महिला र हामी दुई पुरूष । विराटनगर - सिरहा माडर रूटमा चल्ने श्री सिता ट्राभल्स नामक उत्त बस विहान करिव ५: ४५ वजे विराटनगर बसपार्क बाट निस्कदै गाईघाटका लागि हिडेको एक अर्को यात्रु वससंग कम्पीटीशन गर्दै सामानान्तर रूपमै अनियन्त्रित गतिमा हिडेको थियो ।
दुहवीसम्म दुवै बस अघि पछि हुँदै हिडिरहेको थियो । मैले चालकलाई गति कम गर्न र यसरी ओभरटेक नगर्न भनि दुई तीन पटक आग्रह गरे नमाने पछि राजवंशी चौकमा मलाई ओरालनुस् म जान्न भनेर भन्दा केही हुन्न । ईटहरीमा चार जना यात्रुछ अर्को बसले लाने होला भन्दै सहचालकसंग जिस्कदै फेरि समानान्तर रूपमा फेरि वस अति तिव्र गतिमा हूईकियो ।
दुहवी जस्तो साघुरो सडकमा पनि वस १०० को स्पीडमा कुदायो । त्यसपटि अति भएर मैले चालकलाई फेरि गति सिमित गर्न र कम्पिटिशन नगर्न भन्दै हामी यात्रुको ज्यान लिने विचार छ कि भन्दै कराएको मात्र के थिए बसले अनियन्त्रित गतिमा गाईघाट जाने बसलाई ओभरटेक गर्दा गर्दै छेउमा दुई मोटरसाईकललाई केही ईन्चले मात्र ले बाचेका होलान बस सडममै पल्टिएको र सडकको डिभाईडरसंग ठोकिँदै बजारिन पुग्यो र करिव १०० मिटरसम्म आगोको झिल्को निकाल्दै घिस्रिदै गएको थियो ।
बस पल्टिना साथ चालक अगाडीको शिसा फुटेकोले त्यसबाट भाग्दै गरेको देखे । सबै ४ जना यात्रु रोई कराई रहको अवस्था देखेर मलाई चाहिँ चोट लागेको नि मैले थाहा पाईन । एक महिला सिटमा च्यापिएकोले मैले निकाल्न प्रयास गरे तर उनिको कपाल अल्झिएको ले सकिन । हार गुहार बसबाटै गरे कोहि आएन । बस चालक बाहिरबाट हामीलाई हेर्यो तर उ भित्र आएन । म पहिला बसबाट बाहिर निस्किएर बाहिर आई एक जना मोटरसाइकल यात्रीसंग सहयोग मागे कपाल काटने साधन चाहियो महिला चेपिएको बताए ।
त्यसपछि वरपर भिड बढन थालेको थियो । फेरि भित्र पसे र अर्को महिलालाई बाहिर निकाले अर्को महिलाको कपाल च्यापिएर बाहिर ल्याउन गार्हो भयो उनको हात भाच्चियर रगताम्मे भईसकेको थियो । कसैले चक्कुल्याएर कपाल काटेर महिलालाई बाहिर ल्याए । प्रहरी आउना साथ एक एम्बुलेन्सलाई रोकी ती तिन महिलालाई हस्पिटल पठाईयो । सडक जाम भईसकेकोले पछाडी रोकिएर रहेको गाईघाट जाने बसलाई देखाएर यो दुर्घटनाको कारण यो बस चालक पनि हो भन्दै देखाउन खोज्दा बस व्याक गरेर भाग्न खोज्यो पछि अर्को प्रहरीले मोटरसाइकलमा पिछा गर्दै बसलाई केही अगाडीबाट घेरा हानी चालकलाई नियन्त्रण लिएछ तर म सवार दुर्घटना भएको बसको चालक र सहचालक भने पहिलानै घटनास्थल छाडेर भागिसकेको एक सडकमा हिडने व्यत्तिले देखेको रहेछ ।
फगत केही पैसाका लागि यात्रुहरूको ज्यान दिनहु सडकमा सवारी चालकको लापरबाही र रमाइलोका लागि गरिने सडकमा कम्पिटिशनका कारण गईरहृको छ । विराटनगर देखि सोनापुरसम्म को त्यो कहालीलाग्दो यात्रामा मैले कतै सडकमा ट्राफिक प्रहरी देखिन । यदि भई दिनुभएको भए बस चालकले सिमित गतिमा बस चलाएर दुर्घटना हुनबाट हामी जोगिन्थ्यौ कि ।
सार्वजनिक यातायात का साधन प्रयोग गरि यात्रा गर्दा चालकले मोवाईलको अत्याधिक प्रयोग गरेको पाईन्छ । आजको हायसको यात्रामा समेत सो भएको पाए । सवारी साधन चलाउदा मोवाईलको प्रयोग र तिव्र गतिको सवारी हकाई, एक अर्कासंग प्रतिस्पर्धा आदि सडक दुर्घटनाको मुख्य कारण बन्दै गएको छ ।
नजिकिदै गएको चाडपर्वका बेला सडक दुर्घटना (अपराध) र यसबाट हुने मानवीय क्षतिलाई कम तथा नियन्त्रण गर्न सरोकार निकायहरू तत्काल गम्भीर हुन र विशेषतः सवारीसाधनमा सवार सबै जनाको ज्यान हाथमा हुने सवारी चालकहरू जिम्मेवार भई सवारीसाधन चलाउन संवेदनशील भईदिन समेत आग्रह र अनुरोध एकसाथ गर्दछु । ढिला पुग्दा केही हुदैन । हतार गरि र थोरै पैसाको लोभमा परि अनियन्त्रित गतिमा सवारीसाधन चलाई मानिसको ज्यान जोखिममा नपारौ !
विनम्र अनुरोध ।
(दुर्घटनामा परेका यात्रु सुनिल कुमार साहको आफ्नो भनाइ )


