विराटचोक,८ असोज । नेकपा एमालेको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको जातिय घटक संगठन लोकतान्त्रिक तमु संघ नेपाल प्रथम मोरङ  जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आइतबार बेलबारीमा भएको अधिवेशनले अमरबहादुर गुरुङको नेतृत्वमा  ११ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा राजेश गुरुङ, पदम गुरुङ ,सचिवमा अमृत गुरुङ,सह-सचिव योगेन्द्रकुमार गुरुङ र  कोषाध्यक्षमा  मुना गुरुङ चयन भएका छन् । 

लोकतान्त्रिक तमु संघ नेपाल, कोशी/मधेस प्रदेश कमिटी अध्यक्ष टंक कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा लोकतान्त्रिक तमु संघ नेपाल, केन्द्रीय कमिटी उपाध्यक्ष तथा कोशी प्रदेश ईन्चार्ज चक्रबहादुर गुरुङको  प्रमूख आतिथ्यता रहेको थियो। 

382959673_10224803709666291_3526509290664145603_nत्यसैगरी संविधानसभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य रत्नदेवी गुरुङ(मधु)नेकपा एमाले जनसंगठन प्रदेश कमिटी अध्यक्ष अमृत गुरुङ,लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रीय सदस्यचरण गुरुङ एमाले मोरङका सदस्य कृष्ण गुरुङ लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल मोरङका अध्यक्ष प्रभाग खवास एमाले वेलबारी नगर कमिटी अध्यक्ष शंकर गुरुङ,विनोद चौधरी लगायतको आतिथ्यता रहेको थियो ।