काठमाडौं,१० असोज। उदयपुरकाे त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चाैधरीविरुद्ध अख्तियारले भ्रष्ट्राचार अभियाेगमा विशेष अदालतमा मुद्दा दर्ता भएकाे छ ।
नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशका अध्यक्ष समेत रहेका चौधरीसहित तत्कालीन त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेकाे हाे ।
ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएको आराेप अख्तियारले लगाएकाे छ ।



