काठमाडौं,१० असोज । नेकपा एमालेको वाग्मती प्रदेश अधिवेशनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
अध्यक्षका लागि तीन जना केन्द्रीय सदस्य सहित चार जनाले उम्मेदवारी दिनुभएको हो । केन्द्रीय सदस्यहरू रामेछापका कैलाशप्रसाद ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल र काठमाडौंका सानुकुमार श्रेष्ठलेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दिनुभएको छ ।




















