काठमाडौं,११ असोज । एमाले बागमती प्रदेशको मतदाता शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ। त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।
बागमतीको अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ।





















