• रविन बस्नेत 

विराटनगर ,१२ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तय भएको छ । प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रदेश कमिटीको अध्यक्षका लागी मोरङ क्षेत्र नं. १ का पूर्व सांसद तथा एमाले कोशी प्रदेशका प्रवक्ता घनश्याम खतिवडाले दाबी गर्नु भएको छ । खतिवडालाई पार्टी अध्यक्ष ओलीको साथ रहने दाबी छ ।

२०१८ साल कार्तिक १२ गते ताप्लेजुङको नाङखोलेनमा जन्मिएका खतिवडा २०३८ सालमा तत्कालिन मालेको पार्टी सदस्यता प्राप्त गरेका खतिवडाले २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ साल देखि लगातार रुपमा ०६७ साल सम्म एमाले मोरङको जिल्ला सदस्यको रुपमा रहेर क्रियासिल भए। त्यस पछि एमाले कोशी अञ्चल समन्वय कमिटीको सदस्यय हुँदै अहिले १ नं प्रदेशको प्रदेश कमिटी सदस्य भएका थिए। राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक तह सम्मको अध्ययन पुरा गरेका खतिवडाले मोरङको केराबारी स्थित बुद्ध निमाबिमा चार बर्ष शिक्षण पेशा समेत गरे। प्रजातन्त्रको पुनःस्थापना पछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङ गाविसको अध्यक्षमा निर्वाति भए।

यस्तै उत्तरी मोरङ लेटाङ  निवासी खतिवडा पाका र पुराना एमाले नेता हुन् । खतिवडा नवौ राष्ट्रिय महाधिवेशनमा नेतृत्व परिवर्तनको नारा लागाएर केपी ओलीलाई अध्यक्ष बनाउन पुर्वबाट दरिलो साथदिने व्यक्तिमा पर्छन। खतिवडा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ १ बाट निर्वाचित  सांसद पनिहुन । खतिवडा सांसद हुदाँ सदनमा देश र जनताको पक्षमा सबैभन्दा बढी आवाज उठाउने सांसदको रुपमा परिचित छन् । खतिवडा तत्कालिन लेटाङ  गाबिसको अध्यक्ष हुदाँ उत्कृष्ट काम गरि पुरस्कृत समेत भएका थिए । स्पष्ट वक्ता र राम्रो भाषणकला कला भएका खतिवडाको भाषणले जनतालाई आकर्षण गर्ने गरेको उत्तरी मोरङका पुराना एक नेताले बताए । पार्टीमा लामो योगदान गरेका खतिवडाको सहकर्मीहरु पार्टीका माथिल्लो कमिटीमा प्राय सबै पुगेका छन् भने उनलाई पार्टीको उच्च जिम्मेवारीमा भने अन्यायनै भएको धेरै कार्यक्रतहरुको भनाई रहेको छ ।