विराटनगर,१४ असोज । नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्यका लागि अनेरास्ववियुका पुर्व चर्चित नेता राजेन्द्र कार्कीले उम्मेदवारी दिनुभएकाे छ । नेता कार्कीले एमाले काेशी प्रदेश सुनसरी जिल्लाको भूगोलबाट  भुगाेल खुल्ला सदस्य पदका लागि उम्मेदवारी दिनुभएकाे हाे ।

भोजपुर जिल्लाको साविक पात्लेपानी गा वि स- ( हाल हतुवागडि - ७ ) मा २०३१ सालमा जन्मिएका राजेन्द्र कार्की हाल नेकपा एमाले सुनसरीको बराहक्षेत्र नगर कमिटीको सचिव हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीको सर्बहारा र श्रमजिबी जनता प्रतिको स्पष्ट दृष्टीकोण र कार्यनिति  तथा जनवादी कार्यदिशा बाट प्रभावित भई  २०४६ देखि नै कम्युनिस्ट विचार र सिद्धान्तबाट प्रेरित हुदै स्कुल तह देखिनै अनेरास्ववियुमा संगठित हुदै महेन्द्र माबि प्रा.क.बाटै विद्यार्थी राजनितीक यात्रा सुरु गर्नु भएको कार्कीको राजनितीक यात्रा संघर्षपूर्ण र लामो इतिहास छ ।

२०५४ सालको पार्टी बिभाजन होस या ०६२ / ६३ को आन्दोलनमा मोरङबाट विद्यार्थी राजनितिको नेतृत्व कुसलतापूर्वक सम्पन्न विभिन्न विद्यार्थी आन्दोलनमा घाइते एवं  पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा पर्नुभएको नेता कार्की २०७२ सालमा महेश बस्नेत उधोगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग बिराटनगर जुटमिलको जीएम भइसक्नु छ । पार्टीका युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेतृत्वको रुपमा हेरिन्छ ।  

समाजशास्त्र र ग्रामीण बिकास विषयमा स्नातकोत्तर गरि सक्नुभएका कार्की समकालीन राजनीतिकर्मिहरुको बिचमा सफल शैक्षिक योग्यता हासिल गर्ने युवा नेतामा पर्नुहुन्छ ।

कार्की गत सालको प्रतिनिधि सभा विघटनको समयदेखि पार्टीमा बैचारिक बिचलन देखिँदा स्थानिय एबम केन्द्रिय नेतृत्वको सल्लाह र सुझाब अनुसार बराहक्षेत्र नगर कमिटीको सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। उहाँले बराहक्षेत्रको नेतृत्व सम्हाल्न सुरु गरेदेखिनै पार्टीमा देखिएको संकटकालिन राजनितिलाई सहजताका साथ सम्हाल्न सफल कार्की  छोटै समयमा पार्टी कार्यकर्ता र स्थानिय बुद्दिजिवि सबैको मनमनमा बस्न सफल हुनुभएको छ। उहाँ एउटा कुसल सङ्ठक हो भन्ने छाप आम  एमालेजनमा पार्न सफल हुनुभएको छ। निर्वाचनमा कार्की गत सालमा भएको स्थानिय तहको निर्वाचनमा बराहक्षेत्र नगरपालीकाको मेयरका आकांक्षी पनि हुनुहुन्थ्यो । यस पटकको नेकपा एमाले कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट प्रदेश कमिटी सदस्यका लागि उम्मेदवारी दिनु  भएको छ ।