काठमाडाैं,१६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे प्रतिष्पर्धी क्षमता बढेकाे बताउनुभएकाे छ ।
चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत मंगलबार भएकाे क्वाटरफाइनल खेलमा नेपाल २३ रनले भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले नेपालकाे प्रतिष्पर्धी क्षमता बढेकाे सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।
काेशिस गर्नेकाे एक दिन अवश्य जित हुने उहाँले उल्लेख गर्नुभएकाे छ । अध्यक्ष ओलीले नेपाली क्रिकेट टाेलीलाई हाैसला दिँदै लेख्नुभएकाे छ - 'मात्र २३ रनको फरक ! हाम्रो प्रतिष्पर्धी क्षमता बढेको छ, कोशिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।'
केहीबेरअघि सम्पन्न खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएकाे छ ।


