पोखरा,१९ असोज । अहिले  नेकपा एमालेले केहि प्रदेशका अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनबाट नेकपा एमालेले केहि नेताहरुले हुदाँहुदैँ  गरेका पद गुमाएका छन् । उनीहरुलाई भुइँको टिप्न खोज्दा गोजीको नै खस्यो भन्ने उखान झैँ भएको छ । 

त्यस्तै लमजुङका मायानाथ अधिकारीले नेकपा एमाले केन्द्रीय सदस्य पद गुमाएका छन् । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका अधिकारीले विधानअनुसार सो पद गुमाएका हुन् ।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद गुम्ने प्रावधान छ ।

केन्द्रीय सदस्य गुमाएका अधिकारी एमाले गण्डकी अध्यक्षमा नवराज शर्मासँग पराजित भएका थिए ।

नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका हुन् ।

यसअघि प्रदेश अध्यक्ष लडेका प्यूठानका हरि रिजाल, मोरङका विनोदप्रसाद ढकाल र कृष्णप्रसाद दाहालले पनि केन्द्रीय सदस्य गुमाएका छन् ।