काठमाडाैं,२१ असोज । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन हुनुभएकाे छ ।
अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिनुभएकाे हाे ।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दिनुभएकाे थियो।
उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत हुनुभएकाे छ भने सचिव मिलन धरेल र उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत चयन हुनुभएकाे छ ।
एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन् ।
अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ भने सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ ।




















