काठमाडौं,२१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण काढेर दशैँ नमनाउन आग्रह गरेका छन् ।

शनिबार एक कार्यक्रममा अध्यक्ष ओलीले ऋण बोकेर चाड नमनाउन आग्रह गरेका हुन् ।

अझै पनि केही मानिसलाई ऋण बोकेर दशैँ मनाउने गरेको उनले बताए । उनले दशैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे ।

ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा समाजलाई हानी पुर्‍याउने अश्लील र उत्ताउलो खालका कुरा नलेख्न पनि अध्यक्ष ओलीले आग्रह गरे।