बेलबारी,२२ असोज । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि दुर्गाप्रसाद गौतमको साझा समुहले मत माग्न घर दैलो कार्यक्रमलाई तीब्र पारेको छ । सोमबार बेलबारीको ३ न. वडामा रहेका उपभोक्ताहरुको घरमा पुगेर मत मागेका छन् ।

387762634_6774619752652126_8696420048959784120_n 1समितिको सबै भन्दा बढि उपभोक्ता रहेको सो वडामा भएको दैलो कार्यक्रममा अध्यक्षका उम्मेदवार गौतमले  उपभोक्ताहरुसंग संस्थालाई अझ दिगो र पारदर्शी ढंगले व्यवस्थित बनाउने प्रतिवद्दता गरे । उनले उपभोक्ताहरु लाई सर्वसुलभ रुपमा महसुलको व्यवस्था गर्ने पनि बताए । गौतम जत्तिको सक्षम व्यक्तित्व अध्यक्षमा उम्मेदवार हुनु भएको छ र उहाँ र उहाँको सबै टिमलाई नै निर्वाचित गराउन अधिकाँश उपभोक्ताहरुले बताएका छन् । 

असोज २७ गते हुने निर्वाचनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,राप्रपा र जसपाको तर्फबाट अध्यक्षको साझा उम्मेदवार बनेका गौतमले आफ्नो समुहले  सहजै रुपमा जित हासिल गर्न सक्ने दाबी गरेका छन । खानेपानीमा भएको भ्रष्टाचारलाई अन्त्य गर्न र जनतालाई स्वच्छ र शुद्ध पानी उपलब्ध गराउन आफ्नो उम्मेदारी रहेको गौतमले बताए ।

बेलबारी खानेपानीको निर्वाचनमा आफ्नो समुहले जित्ने कुरामा ढुक्क रहेको बताउँदै मेरो क्षमतालाई कदर गर्दै बेलबारी खानेपानीमा आबद्द रहेका उपभोक्ता दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने गौतमले दाबी गरे ।

338029328_762967738464227_5643301845202490991_nथुप्रै संघ सस्थामा कुशल नेतृत्व गरेका अध्यक्षका प्रत्यासि गौतम बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् । बेलबारी २ मा हुर्किएका उनी सोहि वडाको श्री कबिर माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुन् । उनी सँग ३५ वर्षे प्रधानाध्यापकको अनुभव छ । उनी योग्य र कुशल प्रशाशक र व्यवस्थापक हुन् । उनले विद्यालयलाई प्रा.वि. बाट नि.मा.वि र माध्यमिक तहसम्म पुर्याए । उनको कार्यकालमा विद्यालयले एस.एल.सि. मा मोरङको दोस्रो र प्रथम स्थान दिलाउन सफल भएका थिए । उनी योजना तर्जुमा गर्न र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्ने क्षमताको व्याक्तित्व रहेको स्थानियहरू बताउछन  । २०४८ साल देखि अनवरत रुपमा २५ वर्षसम्म दुलारी क्षेत्र परीक्षा व्यवस्था समितिको सचिवालयमा बसेर कुशलतापूर्वक कार्य सम्पादन गरेको उनमा गतिलो अनुभव पनि रहेको पाइएको छ ।

 बेलबारीको खानेपानी संस्थाको स्थापना गर्दा गौतम कोषाध्यक्ष र केही वर्षपछि सो संस्थाको सचिव भएर कार्य गरेको अनुभव पनि छ । त्यसताका खानेपानीको सर्भे, खानेपानीको पाइप विच्छ्याउने, टयाङ्की निर्माण, शौचालयको सुविधा वितरण, धारा वितरण, सदश्यता विस्तार, कार्यालय निर्माण, नीति तर्जुमा, कार्यालय सञ्चालनमा अहोरात्र खटेको सघन अनुभव छ ।

यस्ता अनुभवि र कुशल व्यक्ति गौतम र उनको साझा समूहलाई भारिमतले विजय गराउन सकेमा बेलबारी खानेपानी संस्थाको कायापलट हुने मतदाताहरू बताउँछन् । 

387156326_6766503760130392_2255299059415547440_nगौतमले नेतृत्व गरेको श्री लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. यस क्षेत्रकै नमुना सहकारी हो । नेतृत्व गर्ने कुशल गुण भएका मान्छेले मात्र संघ/संस्थाको विकास र विस्तार गर्दछ । यो गुण र सिप भएकै कारण उनले नेतृत्व गरेका संस्था आज उदाहरणीय भएका छन् ।गौतम बेलबारी उपस्वास्थ्य चौकीको संचालक समितिको पुर्व सदस्य र रमिते सामुदायिक वन उपभोक्ता समितिको पुर्व लेखा समिति संयोजक समेत हुन् । 

बेलबारी खानेपानीमा हाल सम्म दुई हजार भन्दा बढी उपभोक्ताहरु रहेका छन । तिनै उपभोक्ताहरुले यस पटकको निर्वाचनमा मतदान गर्न पाउने छन । गौतमले नेतृत्व गरेका या उनी सहभागी भएर काम गरेका संघसस्थामा आवद्द भएका अधिकांश व्यक्तीहरु नै  बेलबारी खानेपानी उपभोक्ताहरु समेत भएको हुदाँ उनलाई लोकप्रिय मत आउने अनुमान गरिएका बलियो उम्मेदवारको रुपमा रहेका छन् ।

बेलबारीका वामपन्थी समुह एक भएर चुनावमा होमिएका कारण एकताको संदेश दिनको लागी पनि तीनै दलका स्थानिय नेता कार्यकर्ताहरु जित हासिल पार्न सक्रिय रुपमा लागि परेका छन् । जसपा र राप्रपाका नेता कार्यकर्ताहरुको उत्तिकै सक्रियता रहेको छ I

387746679_6777684132345688_5085863678236445395_nगौतमले आफ्नो टिममा अनुभवि,योग्य, युवा, महिला, उत्साहि र सामाजिक रुपले चिनिएका व्यक्तित्वहरूलाई समेटेका छन् । सबै पदका प्रत्यासिहरू गौतम जस्तै अब्बल छन् ।

गौतमको नेतृत्वमा रहेको साझा समुहबाट उपाध्यक्षमा मदन राई(संगिता) सचिवमा मनकुमार गुरुङ, कोषाध्यक्षमा विन्दुकला गुरुङ र सदस्यहरुमा सम्शेर गिरी,सजिना बराइली,लक्ष्मी दुलाल,खड्गकला गिरी,प्रतापसिंह राणाले उम्मेदवारी  मनोनयन दर्ता गरेका छन् । 

त्यसैगरी लेखासमितिको संयोजकमा जगतबहादुर क्षेत्री र सदस्यहरुमा कोपिला तामाङ,सावित्रि धिमाल उम्मेदवार बनेका छन् ।  

नौ सदस्यिय कार्यसमिति र तीन सदस्यिय लेखा समिति रहने बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट किशोरकुमार कार्की अध्यक्षको उम्मेदवार बनेका छन्। रास्वपाले भने दलिय रुपमा चुनावमा भाग न लिने भन्दै उम्मेदवारी दर्ता गराएको छैन। स्वतन्त्र नागरिक समूहबाट भने सचिव र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका छन् ।

387752555_6776116879169080_2136754834014399042_n