काठमाडौं,२२ असोज । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नरहरिनाथ योगी नेकपा एमाले प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका इन्चार्ज तथा माओवादी केन्द्र निकट ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका योगी सोमबार एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट लगायतले उनलाई धनगढीमा टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।




















