काठमाडौं,२४ असोज । मधेश प्रदेशका पूर्वसांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमै फर्कनु भएको छ । एमाले मधेश प्रदेश अधिवेशनको उदघाटन सत्रमा पुर्व सांसद साह एमालेमै फर्कनु भएको हो ।
साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाई गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभयो । साह २०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।
गत २०७९ को निर्वाचनमा टिकट नपाएको भन्दै साह जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडनु भएको थियो । चुनावमा पराजित साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको हो ।
एमाले छाडनु गल्ती भएको र एमाले मात्रै मधेसको सच्चा हितैसी रहेको कारण आफू एमालेमै फर्किएको साहले बताउनु भएको छ ।




















