विराटनगर,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।

त्यससँगै विश्वासको मत लिने तयारी गर्ने भएका हुन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेका कम्तिमा दुई जना प्रदेश सभा सदस्यलाई बनाउने बुझिएको छ । मन्त्री बन्ने लाइनमा एमालेमा धेरैको नाम चर्चामा आएको छ ।

यसैक्रममा मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित सांसद ज्ञानेन्द्र प्रसाद सुवेदीको नाम चर्चामा आउन थालेको छ । सुवेदीलाई  मन्त्री बनाउन पार्टीका कार्यकर्ता मात्र नभै धेरै जसो जनताको चाहना रहेको बुझिएको छ ।

बेलबारी नगरपालिकाको निवर्तमान नगर प्रमुख र नगरपालिका महासङ्घका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका सुवेदी जनपक्षीय र विकासप्रेमी नगर प्रमुखको पहिचान बनाएका व्यक्तीमा पर्दछन । नगर प्रमुख हुँदा सुवेदीले मोरङका धेरै जसो पालिकाका प्रमुखहरुको को नेतृत्व गरेका थिए । 

उनीमा योजना बनाई कार्यान्वयन गर्न सक्ने गुण र क्षमता रहेको छ ।अर्को महत्वपूर्ण गुण भनेको उनी सफल व्यवस्थापन सम्योजन गर्ने क्षमता रहेको छ । सुवेदी मन्त्री बनेमा उनको निर्वाचन क्षेत्र मात्र हैन समग्र प्रदेशमै समृद्दी र विकासका योजना ल्याउन भूमिका खेल्न सक्ने जनताहरुको विश्वास रहेको छ । सुवेदी हाल नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पनि रहेका छन ।