विराटचोक,२८ असोज । बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सनिबार सम्पन्न निर्वाचन बाट अध्यक्षमा किशोर कार्की निर्बाचित भएका छन । कार्की नेपाली काँग्रेस तर्फका उम्मेदवार थिए |
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै प्रगती मोक्तान ७ सय २१ मतका साथ बिजयी भएकी छिन । निकटतम प्रतिद्धन्दी मदन राई संगिताले ६ सय ५० मत मात्र प्राप्त गरिन । सचिवमा बाम गठबन्धनका मनकुमार गुरुङ ६ सय ९ मतका साथ बिजयी भएका छन । निकटतम प्रतिद्धन्दी सपना काफलेले ४ सय ७४ र भोला नेपालले ३ सय २७ मत प्राप्त गरेका छन ।
कोषाध्यक्षमा काँग्रेसका रिक्तबहादुर गुरुङ ७ सय ८३ मतका साथ बिजयी भएका छन । बाम गठबन्धनकी बिन्दुकला गुरुङले ६ सय २७ मत मात्र प्राप्त गरिन । खुल्ला सदस्यहरुमा चन्द्रजंग बस्नेत,पुष्कल सुवेदी (सियोम)राजेश शाह,जानुका बिश्वकर्मा,बिष्णु दाहाल बिजयी भए ।
लेखा संयोजकमा काँग्रेसका दिपेन्द्र लामिछाने ६ सय ५२ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिद्धन्दी जगतबहादुर क्षेत्रीले ६ सय ४ मत प्राप्त गरे । सदस्यमा साबित्रीकुमारी धिमाल र कोपिला तामाङ बिजयी भएका छन ।


