काठमाडौं,३ कात्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । 

नेकपा एमाले नगर कमिटीको आयोजनामा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् । उहाँहरूलाई सोही कार्यक्रममा एमालेमा स्वागत गरिएको हो ।  

नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा माओवादीबाट शिवपुजन यादव, जनता समाजवादी पार्टीबाट प्रभात कुशवाह, धर्मेन्द्र राय यादव, उपेन्द्र राय यादव, भागवत चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीबाट वीरेन्द्र राय यादव एमालेमा प्रवेश गर्नुभएको छ । 

नवप्रवेशलाई एमाले सचिव भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।