विराटचोक,३ कात्तिक । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार भएको साधारणसभाले नागेश पोख्रेललाई अगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको छ । उक्त सहकारी संस्थाका व्यवस्थापक गोपाल देउजाका अनुसार संचालक समितिको उपाध्यक्षमा मातृकाप्रसाद ढकाल, सचिवमा अर्जुनकुमार खत्री तिम्सिना, सह-सचिवमा अन्जना संग्रौला र कोषाध्यक्षमा हिरण्य कालाखेती निर्विरोध चयन भएका छन।
त्यस्तै सदस्यहरु पोष्टकुमार श्रेष्ठ , विष्णुकुमारी राई, बिना ढकाल, रविन्द्रकृष्ण श्रेष्ठ, र बाबुकृष्ण दाहाल निर्बिरोध चयन भएका छन।
लेखा समितिमा संयोजक लुवराज आचार्य, सदस्यमा सावित्रा सिवाकोटी बरुवाल र बिरबहादुर पिठाकोटे मगर निर्बिरोध चयन भएको संस्थाका व्यवस्थापक देउजाले जानकारी दिए ।
सहकारीका साविक अध्यक्ष अर्जुनराज अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रमा धेरै नै चुनौती रहेको बताउदै वित्तीय बजारमा सहकारीले अनेकौ कठिनाइको सामना गर्नु परेको उल्लेख गरे ।सहकारी संस्थाकै बीचमा पनि स्वस्थ तथा अस्वस्थ प्रतिष्पर्धा रहदै आएको अधकारीले बताए ।
एक भन्दा बढी संस्थामा सदस्य बन्ने स्थिति रहेकोमा सहकारी ऐन २०७४ ले एउटा संस्था रोज्नु पर्ने स्थिति सिर्जना गरेको, प्रतिष्पर्धाबाट आफूलाई अब्बल बनाउनु पर्ने अवस्था सिर्जना भएको पनि अधकारीले बताए।


