काठमाडाैँ,१२ कात्तिक । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बोलेर गाडी काभ्रेको बेथानचोक-१ मा पल्टिएको छ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा ११ जना घाइते भएका छन् । 

गाडी सामान्य रूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति हुन नपाएको सोही गाडीमा सवार संविधानसभा सदस्य तथा एमाले नेता रामहरी सुवेदीले बताउनु भयो।

घाइतेहरुकाे विवरण 

१.जिल्ला स्याङ्जा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली बायाँ हातको पातामा चोट,अवस्था सामान्य

२. ऐ बस्ने निजको छोरा बर्ष १३ को सुबम श्रेष्ठ,अवस्था सामान्य

३. ऐ बस्ने निजको छोरा बर्ष ५को सुरज श्रेष्ठ, अवस्था सामान्य

४.जिल्ला काभ्रे चौरीदेउराली गा.पा ७ बस्ने बर्ष ४० की नविना लामा ,टाउको र बायाँ हातमा चोट,अवस्था मध्यम

५. खानिखोला गा.पा ५ मिल्चे बस्नर बर्ष ४० की रचना मगर देब्रे घुडामा चोट सामान्य

६.ऐ बस्नर निजको छोरी बर्ष १६की ईन्जिला सोडारी देब्रे खुट्टामा चोट मध्यम

७. जिल्ला दोलखा कालिन्चोक गा.पा ३ बस्नर बर्ष ३२की मिना श्रेष्ठ टाउकोमा चोट मध्यम

८. जि.काभ्रे खानिखाला गा.पा ६ बस्ने बर्ष ३५को दिपेन्द्र राना दाहिने आखा, बाया हातमा चोट मध्यम

९. जि.काभ्रे पाचखाल न.पा १२ बस्ने बर्ष ३५ की भक्त कुमारी लामा दाहिने हातको पातामा चोट अवस्था मध्यम

१०. जिल्ला काभ्रे बेथानचोक गा.पा १ बस्ने बर्ष ७४ को सिङताङ तामाङ ,टाउको र गर्धना चोट ,अवस्था मध्यम

११.एक जनाकाे विवरण खुल्न बाँकी छ । 

भक्तकुमारी नेकपा एमाले बागमती प्रदेश कमिटीकी उपसचिव हुन्। यीमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। एमाले नेताहरू पार्टीकै कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए।