पोखरा,१३ कात्तिक । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छाड्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा नेकपा एसका  केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएको छ।

एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो। 

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

May be an image of 2 people, dais and text

May be an image of 2 people and daisMay be an image of 2 people and dais