काठमाडौं,१८ कात्तिक ।  नेकपा एमालेले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।

जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएकाे एमाले प्रचार तथा प्रसारण विभागका सचिव गगन विष्टले जानकारी दिनुभयाे ।

सामाजिक संजालमा भने एमालेलाई यत्रो पैसा कहाँ बाट आउछ भन्ने आलोचना भइरहेकोमा धेरैजसो कार्यकर्ताले सम्पुर्ण सदस्यको योगदान मिसिएको छ भनेर प्रतिक्रिया दिएका छन् । नेकपा एमालेमा पार्टी सदस्यहरुबाट लेबी स्वरुप पैसा जम्मा हुने व्यवस्था रहेको छ ।

जाजरकोटको बगरकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । साे भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा ठूलाे मानवीय र भाैतिक क्षति भएकाे छ ।